परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान



काठमाडौ,मंसिर १३ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीनतर्फ प्रस्थान गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा आज त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेकी हुन्। उनी छेङ्दुका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। 

मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ। भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डा, दुई देशको आपसी हितलगायतका विषयमा छलफल हुनेछ। 

प्रतिक्रिया दिनुहोस्