सर्लाहीमा ट्याक्टर पल्टेर चालकको मृत्यु
सर्लाही,मंसिर ११ । सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा मङ्गलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
सोही ठाउँका ४० वर्षीय रुसतम साहको दुर्घटनामा मृत्यु भएको हो । परीक्षण नभएको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक साह च्यापिएका थिए ।
उनलाई तत्काल स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।