भिरबाट लडेर मकवानपुरमा युवकको मृत्यु
मकवानपुर,मंसिर १० । मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्युभएको छ ।
कैलाश गाउँपालिका –२ छ्याङदुङ घरभएका १७ वर्षीय प्रजा मनहरीबाट आफ्नो घर छ्याङदुङतर्फ जानेक्रममा आइतबार राति भिरबाट करिब ५० मिटर तल मनहरी खोलामा लडेर घाइते भएका थिए ।
लडेर गम्भीर घाइते भएका प्रजाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सोमबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रजाको शव नयाँ मेडिकल कलेजमा राखिएको छ ।