नुवाकोट लिखुमा स्वास्थ्य स्वयंसेविकाको विदाई



नुवाकोट,मंसिर १० । जिल्लाको लिखु गाउँपालिकामा सेवारत एक स्वास्थ्य स्वयंसेविकाको विदाई गरिएको छ ।

सोमबार लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सुविधा सामुदायिक स्वास्थ्य इकाईमा भएको एक कार्यक्रममा स्वास्थ्य स्वयंसेविका चिनिमैयाँ डङ्गोलको विदाई गरिएको हो।

डङोलले २०५५ सालदेखि हालसम्म २५ वर्ष उक्त स्वास्थ्य संस्था माहतह रही सेवा गरेकी थिइन । डङोललाई लिखु गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन भण्डारीको प्रमुख उपस्थितिमा सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियोे ।

कार्यक्रममा सुविधा सामुदायिक स्वास्थ्य इकाईका प्रमुख सुदिप अधिकारी, स्थानीय स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्