पञ्चकन्यामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
नुवाकोट,मंसिर १० । जिल्लाको पञ्चकन्या गाउँपालिकामा लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।
“हामी सबैकाे प्रतिबद्धता : लैङ्गिक हिसां अन्त्यका लागि ऐक्यबद्धता” भन्ने मूल नाराका साथमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङकाे प्रमुख उपस्थितिमा अभियानको शुरूवात गरिएको हो ।
गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे सोमबारदेखि शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ ।
हिंसा विरुद्ध शुन्य सहनशीलताकाे मूल मर्मलाई आत्मसात गर्दै सेताे रिवन लगाएर शुभारम्भ गरिएकाे कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पाैडेल, विभिन्न शाखाका शाखा प्रमुखलगायत कर्मचारीको उपस्थिति रहेको थियाे।