रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति



काठमाडौँ,मंसिर ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । कास्की प्रहरीले  लामिछानेलाई आज पाँचौ पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पेश गरेको थियो । 

बहसका क्रममा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनु पर्ने भन्दै समय माग गरेको थियो । प्रतिरक्षामा लामिछानेतर्फका अधिवक्ताहरूले लामिछानेलाई हिरासतमा राख्नु पर्ने कुनै आधार नभएको भन्दै हिरासत मुक्त गर्न माग गरेका थिए । 

रवि लामिछानेका तर्फबाट नारायण घिमिरे, डा नारायणदत्त कडेल, मेघराज पोखरेल, र हरि सुवेदीले बहश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्