राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो



काठमाडाैँ,मंसिर ९ । राहदानी विभागको कम्प्युटरमा भाइरस पसेको बताइएको छ । राहदानी विभागले आफूहरुको कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको बताउँदै समस्या पूर्ण रुपमा समाधान गर्न २ हप्तासम्म लाग्ने बताएको छ ।

केही दिनदेखि राहदानी विभागबाट प्रदान गरिने ठप्प भएपछि नागरिकहरु आक्रोशित बनेका थिए । आइतबार त्रिपुरेश्वस्थित विभाग पुगेका सेवाग्राहीहरु काम नभएपछि आन्दोलित बनेका थिए । त्यसलगत्तै विभागले एक सूचना निकालेर कम्प्युटरमा भाइरस पसेका कारण सेवा बन्द गर्नु परेको बताउँदै आफूहरुले आंसिक सेवा सुरु गरेको र पूर्ण रुपमा कार्य प्रारम्भ हुन १ देखि २ हत्पासम्म लाग्ने बताएको हो । 

त्यस्तै विभागले कम्प्युटरमा भाइरस पसेपनि आवेदकको तथ्यांक पूर्ण रुपमा सुरक्षित रहेको दाबी गरेको छ । सूचनामा भनिएको छ, ‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ ।’

विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरुका लागि विभागबाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको समेत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्