राष्ट्रिय गौरवका आयोजनाको ब्रिफिङ लिने तयारीमा प्रम ओली



काठमाडौ,मंसिर ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने तयारी गरेका छन् । 

हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन् । 

राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङ मार्गहरू लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् । 

यसै बिच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ । बालुवाटार स्थित पुरानो सचिवालयमा बस्ने सो बैठकमा पनि प्रधानमन्त्रीले सहभागिता जनाउने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्