इमान्दारितापूर्वक काम गर्न सके देश बनाउन धेरै समय लाग्दैन-लिङदेन
कैलाली,मंसिर ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले इमान्दारितापूर्वक काम गर्न सके देश बनाउन धेरै समय नलाग्ने बताएका छन् ।
शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका –२ साँडेपानीमा आयोजित आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले देशको विकासका लागि पर्याप्त सम्भावना हुँदाहुदै नेतामा ईमानदारिता नहुदा देश नबनेको बताएका हुन् ।
विकासका लागि सम्भावना भएर पनि विकास हुन नसकेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भने, “बिजुलीबाट सुविधा लिनसके देश धनी र सम्पन्न हुनसक्छ, हाईड्रोजनमा परिवर्तन गरेर बिजुली बिक्री गरेर आम्दानी गर्न सकिन्छ, कृषिमा प्रयोग गर्न सकिन्छ, प्राकृतिक स्रोत साधनको सदुपयोग हुन सकेको छैन ।”
जलस्रोतले धनी देश भएर पनि संसारको सस्तो विजुली बनाउन र विदेशी लगानीकर्तालाई आकर्षण गर्न नसकेको आरोप अध्यक्ष लिङ्देलको भनाइ थियो । उनले नेपाल हिन्दु र बौद्ध धर्मको मुलथलो भएको उल्लेख गर्दै धर्मलाई पर्यटनसँग जोडेर सही प्रचार हुन नसकेको समेत बताए ।