अमेरिकी खर्बपति एलन मस्क र प्रधानमन्त्री ओलीबिच कुराकानी



काठमाडौ,मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति व्यवसायी एलन मस्कबिच शुक्रबार भर्चुअल संवाद भएको छ ।

साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबिच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन्  । धनाढ्य मस्कले प्रधानमन्त्री ओलीसँग इन्टरनेट सेवा स्टारलिंक विस्तारबारेमा कुरा गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्