कृषि व्यवसायलाई समयानुकूल परिमार्जन गर्नुपर्छ : कृषिमन्त्री अधिकारी



काठमाडौं,मंसिर ७ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको वताएका छन् । मुलुक संघीयतामा जानू अघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकुल परिमार्जन गरिनुपर्छ मन्त्री अधिकारीले जोडदिएका छन् । 

कृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि बिहीबार काठमाडौंमा आयोजित अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिबिकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिएका हुन । 

मन्त्रीअधिकारीले संघीयता लागू भैसकेपछी कृषिको प्राबिधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा भएको तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन नसकिरहेको बताए । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरीदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप वजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोडदिए । २०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरू बिच छलफल गरि सुझाव लिएको छ । पुर्वसचिब गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि बिज्ञ समुहले कार्य गरेको छ ।

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरू बिच छलफल गरि सुझाव लिएको छ । पुर्वसचिब गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि बिज्ञ समुहले कार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्