बाला चतुर्दशीमा नुवाकोटको बट्टारमा रहेको पाञ्चायन मन्दिरमा मेलाको तयारी



नुवाकोट,मंसिर ६ । बाला चतुर्दशीका अवसरमा पाञ्चायन देवता मन्दिर बट्टारमा यस वर्षदेखि मेला लाग्ने भएको छ ।

यही मङ्सिर १५ गते पाञ्चायन मन्दिरमा बाला चतुर्दशी मेला लाग्ने पञ्चायन देवता मन्दिर निर्माण तथा उद्यान विकास संस्थाका अध्यक्ष ठाकुरप्रसाद पुडासैनीले जानकारी दिए । चतुर्दशी पर्वमा आफ्ना पितृका नाममा बत्ति बाल्न विदुर नगरपालिका वडा नम्बर २ धम्कीस्थित मन्दिरमा मेल लाग्ने व्यवस्था गरेको र त्रयोदशीको साँझ पृतिको सम्झनामा बत्ती बाल्न मन्दिरमा व्यवस्था गरिएको उनले बताए ।

मन्दिर परिसरमा पाञ्चायनेश्वर पाशुपत ज्योतिर्लिङ्गको साथै गणेश, देवी, लक्ष्मीनारायण र सूर्य देवताको दर्शन गरी यिनै देवी देवताको पासमा दीप दान गर्ने शतबीज छर्ने व्यवस्था मिलाइएको संस्थाका सदस्य विवेक लामिछानेले जानकारी दिए ।

मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशीलाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्