नुवाकोटको पञ्चकन्या मन्दिरमा आजदेखि मेला



नुवाकोट,मंसिर ४ । पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा अवस्थित पञ्चकन्या मन्दिरमा आज मंगलबारदेखि पाँचकन्या मेला लाग्दैछ । यो मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म लाग्ने गर्दछ । 

मन्दिरमा लाग्ने मेला तयारी अन्तिम चरणमा पुगेको मूल व्यवस्थापन समितिले जनाएको छ । मेलाका लागि घलेभञ्जाङदेखि पूर्वोत्तर क्षेत्रमा रहेको पाँचकन्या मन्दिर परिसरमा तोरण, रेलिङ रंगरोगन र अन्य सजावटले सजाइएको छ । घलेभन्ज्याङमा मेला भर्नेहरुका लागि स्वागतद्वार निर्माण चलिरहेको ब्यवस्थापन समितिले जनाएको छ ।   

मेलामा पहिलो दिन स्थानीय झाँक्रीका विभिन्न टोली घरदेखि सिँगारिएर मन्दिरसम्म नाच्दै जाने र पञ्चमीको दिन अपराह्न घर फर्कने, स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले मादी, दियो र बत्ती बाल्ने चलन छ । गाउँपालिका क्षेत्र, नुवाकोटका विभिन्न स्थान र काठमाडौंबाट समेत मेला भर्ना भक्तजन यहाँ पुग्ने गर्दछन । गतवर्ष झैं यसवर्ष औपचारिक कार्यक्रम नभएपनि विविध मनोरञ्जनात्मक कार्यक्रम भने हुने समितिले जनाएको छ।

मंगल बिहान मन्दिर सरसफाइ हुँदै

तस्वीर: प्रदीप दाहाल

प्रतिक्रिया दिनुहोस्