नयाँ बन्ने होटल अन्नपूर्णको भवन शिलान्यास



काठमाडौं,मंसिर ४ । भाटभटेनी सुपरमार्केट र लिटिल एन्जल्स समूहको स्वामित्वमा रहेको पाँचतारे होटल अन्नपूर्णको नयाँ बन्ने भवनको शिलान्यास भएको छ । १९६५ सालमा स्थापना भएको होटेल अन्नपूर्ण नेपालको पुरानो ५ तारे होटलमा पर्छ ।  काठमाडौंको दरबारमार्गमा रहेको यो होटेलको  २५ तले सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।  

लिटिल एन्जल्स ग्रुपका अध्यक्ष उमेश श्रेष्ठको समेत लगानी रहेको होटलको ०८५ बैशाखमा काम सम्पन्न गरि सञ्चालनमा ल्याउने तयारी छ । भारतको अन्तर्राष्ट्रिय होटल चेन आईटीसीको वेलकम फ्रेन्चाइजले व्यवस्थापन गर्न लागेको होटलको नयाँ बन्ने भवनको आज हिन्दु परम्परा अनुसार पूजापाठ सहित व्यवसायी मीनबहादुर गुरुङले भूमि पुजा गरेका हुन । भूमिपूजा गर्दै अध्यक्ष गुरुङले व्यवसाय एउटा पाटो भएको तर  मुख्य कुरा रोजगारी सिर्जना भएको बताए । ‘नेपालमा केही छैन होइन धेरै गर्न सकिन्छ, असल मनसायमा साथमा गरिएको काम ले अवश्य सफलता दिन्छ। दृढ संकल्प, इमानदारी र इच्छा शक्ति हुनुपर्छ, नेपालमा अवसर धेरै  छ,’ उनले भने,’  यो सञ्चालन आए  करिब ५०० भन्दा बढीले  नेपालीले रोजगारी पाउने छन् ।

उनले थप भने, ‘अर्को कुरा राज्यलाई  पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने लक्ष्य समेत छ,यो  मेरो लागि र  हाम्रो लागि यो ठूलो कुरा हो, हजारौं नेपाली रोजगार को लागि आफ्नो परिवारलाई छोडेर विदेशी रहँदा अलि कति भए नि केहीलाई रोजगार दिनु नै मुख्य उद्देश्य हो।’

होटल सञ्चालनका लागि अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होटल्सबीच व्यवस्थापन सम्झौता यसअघिनै भएको छ । लक्जरी हस्पिटालिटीका लागि प्रख्यात आईटीसी होटेल्सले काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे होटललाई पुनर्निर्माणपछि सञ्चालनमा ल्याउने छ । करिब ६ दशकअघि स्थापना भएको उक्त होटल कोभिडपछि बन्द थियो । 

आईटीसीले आफ्नो प्रतिष्ठित वेलकम होटल ब्रान्डअन्तर्गत होटल सञ्चालन गर्ने भएकाले होटल अन्नपूर्णलाई प्रमुख लक्जरी गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । भक्तपुरमा फार्च्यून रिसोर्ट एण्ड वेलनेस स्पासमेत सञ्चालन गर्ने आईटीसीद्वारा सञ्चालित यो नेपालकै दोस्रो होटल हुनेछ ।होटलमा ३१८ कोठा, ३० सर्भिस्ड अपार्टमेन्ट, चार कन्फरेन्स स्थल, एक सपिङ आर्केड र एक मनोरञ्जन क्षेत्र रहनेछन् । विदेशी अतिविशिष्ट व्यक्ति लामो समय बस्न सक्ने गरी अपार्टमेन्ट निर्माण गरिएको गुरुङले बताए । उनले भने, ‘अपार्टमेन्टमा बस्दा होटलमा बस्नुको तुलनामा खर्च कम हुन्छ । आयोजनाको प्रारम्भिक लागत रु आठ अर्ब रहेको छ । अन्नपूर्ण स्क्वायरमा भाटभटेनी समूहको सबैभन्दा बढी शेयर छ भने लिटिल एन्जल्स ग्रुप र डेल अन्नपूर्ण प्रालिको शेयर रहेको छ । होटलमा ३१८ कोठा, ३० सर्भिस्ड अपार्टमेन्ट, चार कन्फरेन्स स्थल, एक सपिङ आर्केड र एक मनोरञ्जन क्षेत्र रहनेछन् । विदेशी अतिविशिष्ट व्यक्ति लामो समय बस्न सक्ने गरी अपार्टमेन्ट निर्माण गरिएको गुरुङले बताए । उनले भने, ‘अपार्टमेन्टमा बस्दा होटलमा बस्नुको तुलनामा खर्च कम हुन्छ । आयोजनाको प्रारम्भिक लागत रु आठ अर्ब रहेको छ । अन्नपूर्ण स्क्वायरमा भाटभटेनी समूहको सबैभन्दा बढी शेयर छ भने लिटिल एन्जल्स ग्रुप र डेल अन्नपूर्ण प्रालिको शेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्