रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतद्धारा पक्राउ पुर्जी जारी



काठमाडौं, मंसिर २। काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारी गरेका हुन् ।

अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ । यसअघि लामिछानेलाई कास्कीबाट रुपन्देही झिकाएर बयान लिईएको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते काठमाडौंकोस्थित् पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्