छहरे-टोखा सडकखण्डमा सञ्चालनमा आयो त्रिशुली यातायात प्रालिको विद्युतीय गाडी



नुवाकोट,मंसिर १ । त्रिशुली यातायात प्रालिको विद्युतीय गाडी सञ्चालनमा आएको छ । हालै दर्ता भएको त्रिशुली यातायात प्रालिले मंसिर १ गते शनिबारदेखि त्रिशुली-छहरे हुँदै काठमाडौसम्म चल्ने १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याउदै यसको शुरूवात गरेको हो ।

त्रिशुली यातायात प्रालिका अध्यक्ष सन्तोष उप्रेतीका अनुसार राजधानीसँग नजिक रहेको नुवाकोट र रसुवा जिल्लाका ग्रामीण क्षेत्रलाई समेत लक्षित गरी थप गाडी ल्याउन लागिएको छ ।

लामो समयदेखि एकलौटी रुपमा यातायात सेवा सञ्चालन गर्दै आएको पासाड.ल्हामु यातायात सेवा प्रा.लि र टिमुरे यातायात सेवा प्रालि बाहेक थप एक कम्पनीले पनि नुवाकोट र रसुवाका लागि यायातायात सेवा शुरु गरेको छ ।

नुवाकोट जिल्लाका प्रतिष्ठित व्यवसायीहरु सहभागी यस त्रिशुली यातायात प्रालिले नागरिकको सरसल्लाह अनुसार भाडादर निर्धारण गरी सेवा दिन लागेको अध्यक्ष उप्रेतीले बताए । छहरे – टोखा सडक पूर्ण रुपमा कालोपत्र भएसँगै यातायात सञ्चालनका लागि सहज भएको छ । जसले गर्दा साना सवारीसाधन तर्फ यात्रुको आकर्षक बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्