गाजामा युद्धविराम नचाहने रुबियोलाई अमेरिकाको विदेशमन्त्री बनाउने ट्रम्पको प्रस्ताव



वासिन्टन डिसी (अमेरिका),कात्तिक ३० । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्काे रुबियोलाई विदेशमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । 

राष्ट्रपतिको कार्यभार सम्हालेपछि आप्रवासन तथा विदेश नीतिमा आफ्नो खास नजर हुने बताएका ट्रम्पले रुबियोलाई उक्त जिम्मेवारी दिने प्रस्ताव गरेका हुन् । 

रुस–युक्रेन युद्ध, इजरायल–गाजा युद्धलगायत विश्वका मुख्य मुद्दाबारे अमेरिकामा नयाँ नियुक्त हुने विदेशमन्त्रीको कस्तो धारणा छ ? यसबारे विश्वभरमै आमचासो देखिन्छ । 

विश्वका मुख्य मुद्दामा यस्तो छ उनको धारणा  

रुस–युक्रेन युद्ध : रुबियो रुस–युक्रेन युद्ध समाप्त गर्ने पक्षमा छन् । उनले यही वर्ष युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता दिने प्रस्तावको विपक्षमा मतदान दिएका थिए । 

चीन : रुबियोलाई चीनको सबैभन्दा ठूलो विरोधीका रूपमा बताइन्छ । 

ताइवान : रुबियोले सार्वजनिकरूपमा ताइवानको सम्प्रभुता तथा स्वतन्त्रताको वकालत गरिसकेका छन् । 

इजरायल–गाजा युद्ध : रुबियो गाजामा युद्धविरामको विपक्षमा छन् । इजरायलले हमासको अन्त्य गरोस् भन्ने आफूले चाहेको उनले बताइसकेका छन् । 

इरान : रुबियोले इरानलाई ‘आतंकवादी शासन’वाला बताइसकेका छन् । यही वर्ष शुरुआतमा भएको हमलापछि उनले इजरायललाई जवाफी कारबाही गर्न आग्रह गरेका थिए । बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्