चिट्टिक्क सजियो नुवाकोट पञ्चकन्याको बच्छ्ला मन्दिर, विविध मनोरञ्जनात्मक कार्यक्रमको तयारी
नुवाकोट,कात्तिक २९ । गाउँकी देवीका रुपमा चर्चित बच्छलादेवी मन्दिर चिट्टिक्क सजिएको छ। हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मेला लाग्ने यस मन्दिरमा बिहीबार साँझ मेला लाग्दैछ।
जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडामा अवस्थित बच्छलादेवी मन्दिरमा भव्य मेलाको तयारी गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ। मन्दिर संरक्षण समितिका जीवन सिटौलाका अनुसार रातमा लाग्ने मन्दिरको मेलाका लागि रेलिङ राख्ने काम, सरसफाइ र बिजुलीबत्ती ब्यवस्थापन गरिसकिएको छ।
बच्छलादेवी युवा क्लबका अनुसार मेलामा विविध संस्कृतिक झाकी, लोकदोहोरी कार्यक्रम समेत हुनेछ । लोकदोहोरीमा ख्यातिप्राप्त लोक गायक रामहरि भण्डारी, राजकुमार खनाल, शुशिला लामाको प्रस्तुति रहने क्लबले जनाएको छ।
पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको तयारी समेत गरिएको क्लबले जनाएको छ।