नुवाकोट भद्रुटारको बच्छलादेवी मन्दिरमा भव्य मेलाको तयारी, लोकदोहोरी कार्यक्रम पनि हुने 



नुवाकोट, कात्तिक २९ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडामा रहेको बच्छलादेवी मन्दिरमा भव्य मेलाको तयारी गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ।

मन्दिर संरक्षण समितिका जीवन सिटौलाका अनुसार रातमा लाग्ने मन्दिरको मेलाका लागि रेलिङ राख्ने काम, सरसफाइ र बिजुलीबत्ती ब्यवस्थापन गरिसकिएको छ।

गाउँकी देवीका रुपमा चर्चित बच्छलादेवी मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मेला लाग्ने गर्दछ। मन्दिरमा यसवर्ष श्रद्दालु भक्तजनको घुइँचो लाग्ने अपेक्षा मन्दिर संरक्षण समितिले जनाएको छ।

साँझ भक्तजनले दीपप्रज्वलन गरी रातभर स्थानीय जाग्राम बसी भजन, चुट्का गाउने गर्दछ्न। यस वर्ष भने गायक रामहरि भण्डारीको नेतृत्वमा कलाकारहरूले प्रत्यक्ष दोहोरी कार्यक्रम समेत गर्ने बताइएको छ। पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको तयारी समेत गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्