सुजल डेरीको ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा
काठमाडौं,कात्तिक २९ । सुजल डेरीले ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा ल्याएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी गाई र भैंसीको दूधबाट पाउडर बनाएको कम्पनीले जानकारी दिएको छ ।
१८० मिलिलिटर तातो पानीमा तीन चम्चा पाउडर मिसाएर चिया वा कफी बनाउन सकिने कम्पनीले जनाएको छ । यो पाउडर दूध १२ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
डिलाइट डेरी ह्वाइटनर दुई साइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४०० ग्रामको ४७० रुपैयाँ र ८०० ग्रामको ९०० रुपैयाँ पर्छ ।
यो उत्पादन सेल्स बेरी, बिगमार्ट लगायतका स्टोरमा उपलब्ध छ । साथै दराज, ठूलोडटकम, स्मार्टडोकोजस्ता ई–कमर्श साइटबाट पनि किन्न सकिने कम्पनीले जनाएको छ ।