‘बक्यौता रकम कानुन बमोजिम जसरी पनि उठाउँछु’



काठमाडौं,कात्तिक २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुन बमोजिम बक्यौता रकम कुनै पनि हालतमा उठाउने बताएका छन् । 

डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक भएपछि उनले बुधवार पत्रकार सम्मेलन आयोजना गरी यस्तो बताएका हुन् । 

उनले बक्यौता रकम उठाउनुमा आफ्नो कुनै स्वार्थ नभएको प्रष्ट पारे । ‘राजस्व उठाउने उद्देश्यबाहेक आफ्नो कुनै स्वार्थ नभएको प्रष्ट पार्न चाहान्छु,’ उनले भने । 

डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि सरकारले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो । उक्त आयोगको प्रतिवेदन हालै सार्वजनिक भएको छ ।   

प्रतिक्रिया दिनुहोस्