रुस-युक्रेनद्वारा एकअर्को देशमा ड्रोन हमला, रुसका केही उडान प्रभावित
काठमाडौं,कात्तिक २६ । रुस-युक्रेनले एकअर्को देशमा ड्रोन हमला गरेका छन् । यो हमला रुस-युक्रेन युद्ध शुरु भएयताको सबैभन्दा ठूलो हो ।
युक्रेनको वायुसेनाका अनुसार रुसले देसका सबै क्षेत्रमा १४५ ड्रोन हमला गरेको छ । तीमध्ये अधिकतर ड्रोन खसाएको युक्रेनको दाबी छ । यता युक्रेनले गरेको ड्रोन हमलामध्ये ३४ ड्रोन राजधानी मस्को पुग्नुअघि खसाइएको रुसले जनाएको छ ।
युक्रेनले गरेको हमलाका कारण रुसमा हवाई सेवा प्रभावित भएको छ । यसको असर राजधानी मस्कोका तीन प्रमुख विमानस्थलका उडानमा परेको छ ।
यसअघि रुसको पश्चिम क्षेत्रमा पनि ठूलो मात्रामा ड्रोन हमला भएको थियो । बीबीसी हिन्दी