फैसलाको पूर्णपाठ लिखित रुपमा आएपछि अदालतमा उपस्थित हुन्छुः मनाङ्गे
काठमाडौ,कात्तिक २३ । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङ्गेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् । केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो ।
उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् ।
उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन् ।