पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना



काठमाडौं,कात्तिक २० । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू-भागका एक/दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।  जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई  स्थानमा मेघ गर्जन/चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्