राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण



काठमाडौ,कात्तिक १८ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट  ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन्  । 

उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान गरे । राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो  । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।  यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । रासस

प्रतिक्रिया दिनुहोस्