स्थापना दिवसका अवसरमा जाजरकोट तरुण दलले गर्‍यो फलफुल वितरण



जाजरकोट,कात्तिक १० । नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको छ । नेपाल तरुण दल जाजरकोटले जिल्ला अस्पताल जाजरकोट उपचारमा रहेका विरामीलाई फलफुल वितरण गरेको हो ।

धर्म गरौ पुण्य कमाउ भन्ने भावनाका साथ कांग्रेस निकट भातृ सङ्गठनका रुपमा रहेको नेपाल तरुण दलले समाज सेवालाई निरन्तरता दिन जिल्ला अस्पतालमा उपचार गरिरहेका २४ जना विरामीलाई फलफुल वितरण गरिएको नेपाल तरुण दलका अध्यक्ष लोकेन्द्र चन्दले बताए ।

समाज सेवामार्फत दिवसलाई मनाउने क्रममा विरामीलाई केही सहयोग गर्न पाउन खुसी व्यक्त गरे । बिहान जिल्ला अस्पताल जाजरकोट पुगेको नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घको टोलीले अस्पताल परिसर भित्र सरसफाई गरेको छ । नेपाल तरुण दलले दैवी प्रकोप, विनाशकारी भूकम्पमा जनतालाई सहयोग गर्दै आएको आगामी दिनमा पनी जनताको साथमै रहने नेपाल तरुण दलका केन्द्रीय सदस्य रमेश चन्दले बताए ।

जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा सुनिल पुनले तरुण दलले सरसफाई तथा फलफुल वितरणले स्वास्थ्यकर्मी र बिरामीको मनोवल बढाउने काम गरेको प्रति खुसी व्यक्त गरे । उनीहरुले गरेको कार्यले समाजमा सामाजिक भावन पैदा हुने एक अर्का प्रतिको धार्मिक, आर्थिक, सामाजिक सांस्कृतिको विकास हुने विश्वास लिएको उनको भनाइ छ ।

सार्वजनिक स्थानमा सरसफाई र विरामीहरुको अवस्था बुझि फलफुल वितरणको कार्यले पछिल्लो पुस्तालाई समाज सेवामा लाग्ने प्रेरण दिएको छ ।

प्रतिक्रिया दिनुहोस्