भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो



काठमाडौं,कात्तिक १० । भक्तपुरका किसानलाई अहिले धान भित्र्याउने चटारो छ ।

दशैं सकिएलगत्तै त्यहाँका किसानलाई धान भित्र्याउने चटारो परेको हो । उनीहरू धान भित्र्याउनका लागि बिहानदेखि बेलुकासम्म खेतमा काम गरिरहेका भेटिन्छन् । 

भक्तपुर नगरमा पर्ने नपुखु क्षेत्र, ल्योसिख्यो, भीमसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान सुकाउने कार्यमा व्यस्त देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्