दाना चक्रवातको आंशिक असर नेपालमा पनि



काठमाडौ,कात्तिक ९ । बङ्गालको खाडीमा उत्पन्न दाना चक्रवातको असर नेपालमा आंशिक रूपमा मात्र परेको छ ।

दाना चक्रवातले बिहीबार उच्च रूप लिँदै भारतको पश्चिम बङ्गाल र ओडिसाबिचको क्षेत्रमा अवतरण भएकाले पनि यसको प्रभाव त्यस आसपासमा मात्र सीमित रहन पुगेको हो । जनजीवनमा पर्ने असर कम गर्न ती क्षेत्रमा रेलवे यातायातसमेत ठप्प पारिएको छ ।

नेपालमा उक्त चक्रवातका कारण बिहीबार र शुक्रबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।    

प्रतिक्रिया दिनुहोस्