नुवाकोटको शिवपुरीमा अनलाइन विद्युतीय हाजिर शुरु



नुवाकोट,कात्तिक ८ ।  जिल्ला शिवपुरी गाउँपालिकाले विद्युतिय हाजिरी अभिलेखिकरण राख्न थालेको छ ।

गाउँपालिकाले मातहतका शाखा कार्यालयहरु, वडा तथा स्वास्थ्य संस्थासहित शिवपुरी अस्पतालमा समेत विद्युतीय हाजिरीको अभिलेखिकरण राख्न थालेको हो।

गाउँपालिका क्षेत्रका विभिन्न कार्यालयबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन विद्युतीय हाजिरीको शुरूवात गरिएको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल ले जानकारी दिए ।

प्रणाली जडानसंगै हाजिर अभिलेखिकरण आँखा तथा हातको औंला को डिभाइसमा सुरक्षित गराइन्छ । समय मापन गरिने हुनाले कुन ब्यक्ति कति समय मा आयो कति समय काम गरेर फर्कियो भन्ने समय को मापन समेत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्