कपिलवस्तुमा स्कोर्पियो र अटो ठोक्किएर दुर्घटना, २ जनाको मृत्यु



कपिलवस्तु,कात्तिक ८ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्काेर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ । बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा १ जनाको मृत्यु र ५ जना घाइते भएका थिए । उपचारका लागि बुटवल लगिएका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । घाइतेमध्ये ३ जनाको चौराहा अस्पताल बुटवल र अटो चालकको स्थानीय बुद्धपोली क्लिनिकमा उपचार भइरहेको छ । एक जनाका अवस्था गम्भीर रहेको छ ।  

लु १ ह ३०९२ नम्बरको अटोमा सवार ५ जना वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गरेका थिए । बा प्र–०१–०२९च९१५० को स्काेर्पियोले बैंक अगाडि ठक्कर दिएको थियो । बुद्धभूमि नगरपालिका-१० जनकपुरका सरस्वती पासीको घटनास्थलमा मृत्यु भएको थियो । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर छन् ।

बुधवार शिवराज नगरपालिकाको भाइरल डाँडा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको थियो । दाङ जिल्ला राप्ती गाउँ पालिका ४ मौरिघाटका लीलाराम कुँवरको ज्यान गएको थियो । अर्घाखाँचीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको लु २ ख २१४२ नं.को बस र रा ७ प ३४८ नं. को मोटरसाइकल बुधवार एक आपसमा ठक्कर खाएको थियो ।

प्रतिक्रिया दिनुहोस्