कीर्तिमानी उचाईबाट तल झर्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,कात्तिक ८ । लगातार बढेको सुनको भाउ आज भने घटेको छ । दैनिक नयाँ रेकर्ड कायम गरेको छापावाला सुनको भाउ बिहीबार ७०० रुपैयाँ घटेको हो ।

बुधवार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ६६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च थियो । तर, आज भने १ लाख ६६ हजार कायम भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार गत मंगलबार पनि १ लाख ६५ हजार ९०० रुपैयाँ थियो । सोमबार, १ लाख ६५ हजार ६०० र आइतबार १ लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको पाँचौं कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १०० रुपैयाँ घटेको महासंघले जनाएको छ । बुधवार २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने २ हजार ९५ हजार रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्