‘१२ गाउँ’ को शृङ्खला बन्ने



काठमाडौ,कात्तिक ८ । विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को दोस्रो शृङ्खला बन्ने भएको छ । एक सातामा १० करोडभन्दामाथि ‘ग्रस कलेक्सन’ गरेको दाबी गरिएको चलचित्र अहिले पनि शतप्रतिशत अकुपेन्सीमा चलिरहेको वितरक गोविन्द शाहीले जानकारी दिए । 

फूलपातीमा प्रदर्शन सुरु भएको चलचित्रले अहिले सबै हलमा उत्कृष्ट प्रदर्शन गरिरहेको बताइन्छ । चलचित्र १२ गाउँ मार्फत पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेब्यु गरेका छन्  । अन्य कलाकारमा विराज, समीर भट्ट, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजङ्ग शाही, भीष्म जोशी, सुलेमान शङ्कर (इकु) लगायतको अभिनय रहेको छ । नेपाली दर्शकले एक्सन चलचित्र अझै मन पराउँछन् भन्ने सन्देशसमेत १२ गाउँले दिएको छ ।

निर्देशक विराज भट्टका छोरा समीर भट्टको पहिलो चलचित्रमै यति सफलताले विराज उत्साहित छन् । नेपाली चलचित्रमा शृङ्खला बनाउने एकखालको ‘ट्रेण्ड’ नै चलेको छ । सोही ‘टेण्ड’ लाई पछ्याउँदै १२ गाउँ–२ बनाउनेतिर निर्देशक विराजले सोच बनाएको बताइन्छ ।   

प्रतिक्रिया दिनुहोस्