काठमाडौँ महानगरले माग्यो १०८ स्वास्थ्यकर्मी



काठमाडौ,कात्तिक ७ । काठमाडौँ महानगरपालिकाले करारमा १०८ स्वास्थ्यकर्मी माग गरेको छ। महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै १०८ स्वास्थ्यकर्मी माग गरेको हो। 

महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्न सम्बन्धी कार्यविधि, २०७९ बमोजिम महानगरपालिकाको स्वास्थ्य विभाग अन्तर्गत  रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक परेकाले करारमा स्वास्थ्यकर्मी माग गरेको हो। 

कार्यालय सहयोगीदेखि आठौँ तहका मेडिकल अधिकृत माग गरेको छ। इच्छुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा आवेदन दिन महानगरपालिकाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्