चलचित्र हलहरुमा अब एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने



काठमाडौं,कात्तिक ७ । अब चलचित्र हलहरुमा एमआरपि मूल्यमै खानेकुरा खरिद गर्न सकिने भएको छ । चलचित्र हालमा पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य भन्दा बढी तिर्न नपर्ने भएको हो ।

एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गरेको पाइएमा कारवाही हुने भएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ ।

बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालसहित यस्तो निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्