सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै १ लाख ६६ हजार ७ सय पुग्यो



काठमाडौ,कात्तिक ७ । आज बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्