मोडल हन्टको आवेदन खुल्यो



काठमाडौ,कात्तिक ७ । नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको नवौँ संस्करणका लागि आवेदन खुला गरेको छ ।

प्रतियोगितामा सहभागी हुन १६ देखि २८ वर्ष उमेरका पुरुषका लागि पाँच फिट छ इन्च र महिलाका लागि पाँच फिट दुई इन्च उचाइ हुनुपर्ने जनाइएको छ ।

प्रतियोगिताको प्रारम्भिक चरणको छनोट प्रक्रिया मङ्सिर ७ बाट सुरु हुने जनाइएको छ । प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी सिकाउनेछिन । एक महिनाको प्रशिक्षण क्रममा सहभागीको व्यक्तित्व विकाससम्बन्धी तालिम दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्