बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
काठमाडौं,कात्तिक ७ । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।
सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरूप पाँच करोड प्रदान गरिएको छ ।
गत असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ ।
पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । रासस