पोखरामा रास्वपाको चौथो दिन पनि  विरोध कार्यक्रम



पोखरा,कात्तिक ६ । सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले मंगलबार पनि पोखरामा विरोध प्रदर्शन गरेको छ ।

सभापति लामिछानेको पक्राउको विरोधमा रास्वपाले शनिबारदेखि पोखरामा नियमित प्रदर्शन गरिरहेको छ।

पोखराको जिरोकिलोमा भेला भएर सुरु भएको विरोध प्रदर्शन अम्मरसिंह चोक पुगेर कोण सभामा परिणत भएको थियोे ।

पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालका अनुसार दिउँसो १ः३० बजे जिरो किलोबाट ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्