बाबुरामले फेरे पार्टीको नाम



काठमाडौं,कार्तिक ६ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ । पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ ।

पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ । पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ ।

विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुङ्गो लगाएको छ ।पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने छन् ।

प्रतिक्रिया दिनुहोस्