गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा ठोरी बन्यो पर्साकै अब्बल पालिका



वीरगञ्ज,कात्तिक ६ । गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा पर्साको ठोरी गाउँपालिका जिल्लाको पहिलो स्थानमा परेको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ठोरीलाई जिल्लाको पहिलो स्थानमा राखेको हो । 

मधेश प्रदेशका पालिकामध्येमा भने यो गाउँपालिका तेस्रो स्थानमा पर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले जानकारी दिए । 

स्वास्थ्य सेवासम्बन्धी विभिन्न १२ सूचकका आधारमा मूल्यांकन गरी ठोरीले सो स्थान हात पारेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।  

स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको भन्दै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्