त्रिबि स्नातक तहका प्रश्नपत्र अब अङ्ग्रेजी र नेपालीमा



काठमाडौ,कात्तिक ५ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बिद्या भट्टराईलाई सो निर्णयबारे सोमबार जानकारी गराएको छ । निर्णयअनुसार यसअघिको मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा शिक्षाशास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने ब्यहोरा समेत जानकारी गराएको उल्लेख छ । 

शिक्षा मन्त्रालयकाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको २०८० चैत १५ गते बसेको बैठकबाट निर्णय गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्