अमेरिका प्रस्थान गर्दै अर्थमन्त्री पौडेल



काठमाडौं,कात्तिक ५ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकिा प्रस्थान गर्ने भएका छन् ।

अर्थमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दैछन् ।

डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नेछन । उनी कात्तिक दोस्रो साता स्वेदश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्