दोलखामा पनि रास्वपाको प्रदर्शन



दोलखा,कात्तिक ५ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोलखामा पनि प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै दोलखामा सोमबार प्रदर्शन गरेका हुन् ।

दोलखा सदरमुकाम चरीकोटमा गरिएको प्रदर्शनमा सहभागीहरूले सहकारीपीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए । चरिकोट सातदोबाटो चोकमा रहेको पार्टी कार्यलयबाट निकालिएको प्रदर्शन बजार परिक्रमा गरेर कोणसभा सम्पन्न गरेको छ ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्