सुनचाँदीको मूल्यले फेरि बनायो कीर्तिमानी रेकर्ड, प्रतितोला कति पुग्यो ?



काठमाडौं,कात्तिक ५ । सुनको भाउले दैनिक रेकर्ड बे्रेक गरेको छ । सोमबार पनि छापावाला सुनको भाउले नेपाली बजारमा ऐतिहासिक रेकड कायम गरेको हो ।

आज सुनको भाउ तोलामा ६०० रुपैयाँ वृद्धि भई १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको छ ।जुन हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि १ लाख ६५ हजार रुपैयाँ कायम भई कीर्तिमानी उचाई कायम गरेको थियो । गत शुक्रबार पनि १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको थियो । पछिल्ला केही दिन सुनको भाउले दैनिक रुपमा रेकर्ड बनाउँदै आएको छ ।

साताको दोस्रो कारोबार दिन चाँदीको भाउ पनि कीर्तिमानी उचाईमा पुगेको छ । आज चाँदी तोलामा २० रुपैयाँ वृद्धि भई २ हजार ९५ रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च हो । महासंघका अनुसार आइतबार चाँदी २ हजार ७५ रुपैयाँ पुगि ऐतिहासिक रेकर्ड बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्