भलिबल कप्तान मानबहादुरको सन्न्यास



काठमाडौ,कात्तिक ४ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । 

मानबहादुरले आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्  । सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यू गर्नुभएको उहाँले नेपालका लागि सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग तथा एसियन गेम्स खेलेका थिए  ।

उनले राष्ट्रिय बिच भलिबल टोलीको पनि कप्तानी गरेका थिए  । विभागीय टोली त्रिभुवन आर्मी क्लबको समेत कप्तानी गर्दै आएका मनबहादुरले नयाँ खेलाडीलाई मौका दिन आफुले सन्न्यास लिएको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्