कास्कीको विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा



कास्की,कात्तिक ४ । कास्कीको शहरी चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि जिल्ला प्रशासन कार्यालयले कास्कीको ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जानकारी दिए ।

उनका अनुसार उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्