अब सवारी चलाउन लाइसेन्स कार्ड नचाहिने



काठमाडौ,कात्तिक ३ । अबदेखी ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सवारी चालक अनुमतिपत्रका लागि लाइसेन्स कार्ड बोक्न नपर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भएको लाइसेन्स बोक्न नपर्ने बताएका हुन्  ।यस्तै उनले सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको समेत जनाएका छन ।

उनले भनेका छन् , ‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ ।’ आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्