रातारात जन्मेको कुनै पार्टीले देश र जनताको हित गर्न सक्दैन: विप्लव



चितवन,कात्तिक ३ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गरेका छन् ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीबाट अलग भएका दलहरूले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । 

महासचिव विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भुलभुलैयामा पार्न खोजे पनि त्यो सम्भव नभएको बताए । उनले देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने बताए । 

महासचिव विप्लवले रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्छ भन्नेकुरा सम्भव नहुने पनि दोहोर्‍याए । 

प्रतिक्रिया दिनुहोस्