पर्यटन दिवसको अवसरमा वसन्तपुरमा हजार कलाकारको नृत्य



काठमाडौ,कात्तिक ३ । विश्व पर्यटन दिवस २०२४ को अवसरमा  वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ । पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो । 

हजार बढी कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गरेका थिए । उनले भने, ‘एक हजार बढी  कलाकारले सामूहिक धिमे नृत्य प्रस्तुति दिएका छन्  । यसबोहक यही अवसरमा विभिन्न प्रस्तुति पनि रहेको छ ।’ यो कार्यक्रमको आयोजना काठमाडौं दरबार स्क्वायर पर्यटन सम्वद्र्धन संघले गरेको हो ।

विश्व पर्यटन विदस २०२४ को अवसरमा पर्यटक र शान्ति विशेष कार्यक्रम देशभरका कलाकारको उपस्थितिमा गरिएको संघका अध्यक्ष दिनेश सुवालले जानकारी दिए । यसअघि नै पर्यटन दिवसका लागि तय भएको कार्यक्रम बाढी र पहिरोका कारण कलाकार उपस्थित हुन नसक्दा स्थगित भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्