संसद् सचिवालयले रवि लामिछाने पक्राउबारे जानकारी गरायो



काठमाडौ,कात्तिक ३ । संसद् सचिवालयले  प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ।  शनिबार सूचना सार्वजनिक गर्दै संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सांसद रवि लामिछाने पक्राउ परेको जानकारी गराएका हुन् । 

महासचिव पाण्डेयले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरेको जानकारी एक सूचना सार्वजनिक गर्दै गराएका हुन । 

महासचिव पाण्डेयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा १०३ को उपधारा ९६० बमोजिम जानकारी गराइएको भन्नेसमेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१/०८२ च.नं. ७०२७ मिति २०८१/०७र०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम ९२० को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ।’  

प्रतिक्रिया दिनुहोस्